Posts

Showing posts from May, 2020

मोटरसाइकल र कारमा अझै थप कर !

Image
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत पुनः करका दरमा वृद्धि गर्ने आँकलन सुरु भएको छ । सरकारले हरेक वर्ष चुरोट र मदिरापछि कर बढाउने क्षेत्रको रुपमा अटोमोवाइललाई लिने गरेको तथ्य कही कतै लुकेको छैन । यस्तोमा राजस्वका सबै मुहान बन्द रहेको समयमा पुनः सवारीसाधनमा कर बढाउने अनुमान सुरु भएको छ । अर्थमन्त्रीको रुपमा डा. यूवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट सवारीसाधनको करमा व्यापक वृद्धि गरेका थिए । अर्थमन्त्रीले सहजै कर उठाउन सकिने क्षेत्रको रुपमा अटोमोवाइललाई लिएका हुन् । अहिले करको दर वृद्धि गरेको खण्डमा त्यसको फाइदा सरकारलाई पुग्ने छैन । नेपालमा स्टक रहेका सवारीसाधन बिक्री गर्न समेत हम्मे हम्मे पर्ने अवस्था सृजना भएको समयमा करमा वृद्धि गर्ने हो भने नेपालमा सवारीसाधनको आयात ठप्प प्रायः रहने छ । सवारीसाधनमा सरकारले भन्सार ७७ देखि ८० प्रतिशतसम्म लगाउदै आएको छ । उनले उक्त बजेटमार्फत गाडीको इन्जिन क्षमताको आधारमा अन्तःशुल्कमा व्यापक वृद्धि गरेका थिए । उनले एक हजार सीसीभन्दा माथिका जिप, कार भ्यानमा अन्तःशुल्क बढाएर एउटै सवारीसाधनको मूल्य ३२ लाखसम्म बढ्ने अवस्था ...